आनन्द बर्षा | Gajal
आनन्द वर्षा एक भावनात्मक नेपाली गजल हो जसमा प्रेम, अनुभूति र मनको गहिराइ वर्षाजस्तै झर्छ।
यस गजलले शब्दमार्फत शान्ति, मिठास र आत्मिक आनन्दको अनुभूति गराउँछ।
Follow
आनन्दको उत्सव गर्न पाऊँ
आनन्दको बिज म छर्न पाऊँ ।
आनन्दमा प्रेम फुलोस् सधैं
आनन्दमा प्रेम झुलोस् सधैं ||
श्रीकृष्ण आनन्द बसून् मनैमा
राधाजीको राज रहोस् तनैमा ।
आनन्दको गीत म लेख्न पाऊँ
आनन्दको प्रित म देख्न पाऊँ ||
आकाश आनन्द म ओढ्न पाऊँ
आनन्दका फूल म गोड्न पाऊँ ।
आनन्द रोपी छरु चारु चारा
आनन्द वर्षा गरिदेउ पियारा ।।
आनन्दले गृह चलोस् सबैको
आनन्दको दीप जलोस् सबैको ।
अखण्ड आनन्द अपार हुन्छ
आनन्दको सार अनन्त हुन्छ
What's Your Reaction?
Like
0
Related Posts
बलेको दीप निभ्यो आज, ओइलाएका फूलहरू छन्
रुझेका परेलीभित्र, लुकेका ती भूलहरू छन् ।
स्मृतिमा हराएको बालपन र साथीभाइको मिठासलाई सम्झँदै। खोसिएको समय, साना सपना र पुराना पानाहरूको यात्रा। आफ्नो बालापन सम्झन...
घरहरू खाली भाछन, मान्छे छैनन् गाउँमा
फूल झैँ मुस्कुराउँछन् पानाहरू यहाँ,
ज्ञानको दीप बाल्छन् सानाहरू यहाँ ।
मौकाले ढोका ढकढकाइदिँदा मात्र
हिम्मतले काँध थापिदिएको भए त
जीवनको रीत नीयतिका यी सबै घाउ
सपनाले भरेर निको पारिदिन्थे ...
आनन्द वर्षा एक भावनात्मक नेपाली गजल हो जसमा प्रेम, अनुभूति र मनको गहिराइ वर्षाजस्तै झर्छ।
यस गजलले शब्दमार्फत शान्ति, म...