सुखले निम्त्याएको दुख | दुर्योधन-बस्नेत | Lekhak

सुखले निम्त्याएको दुख | दुर्योधन-बस्नेत | Lekhak

घरहरू खाली भाछन, मान्छे छैनन् गाउँमा

 घरहरू खाली भाछन, मान्छे छैनन् गाउँमा
सहर पसे, बिदेसिए, सुख पाउने नाउंमा
कृषियोग्य जमिन सबै, भएका छन् बन्जर
सुन्दर गाउँघर यतिबेला, बन्दै गा छ खण्डहर

रोटी, ढिंडो, मकै, भटमास, खान्थे गाउंमा बस्दा 
चाउचाउ, मम खान थाले सहरभित्र पस्दा 
स्वस्थ हावा, खाना गाउंको, बांच्थे नब्बे सय
गाउँ छाडे सहर पसे, दिर्घ रोगी भए

गाउँमा बस्दा आफ्नो पनको बेजोड आभास थियो 
सहरिया जिवनले यी सब सिध्याइदियो
न त पाए सहरमा सुख गाउंमा भन्दा 
उल्टै तनाब, पिडा, दुख सहरिया बन्दा