आनन्द बर्षा | Gajal
आनन्द वर्षा एक भावनात्मक नेपाली गजल हो जसमा प्रेम, अनुभूति र मनको गहिराइ वर्षाजस्तै झर्छ। यस गजलले शब्दमार्फत शान्ति, मिठास र आत्मिक आनन्दको अनुभूति गराउँछ।
आनन्दको उत्सव गर्न पाऊँ
आनन्दको बिज म छर्न पाऊँ ।
आनन्दमा प्रेम फुलोस् सधैं
आनन्दमा प्रेम झुलोस् सधैं ||
श्रीकृष्ण आनन्द बसून् मनैमा
राधाजीको राज रहोस् तनैमा ।
आनन्दको गीत म लेख्न पाऊँ
आनन्दको प्रित म देख्न पाऊँ ||
आनन्दका फूल म गोड्न पाऊँ ।
आनन्द रोपी छरु चारु चारा
आनन्द वर्षा गरिदेउ पियारा ।।
आनन्दले गृह चलोस् सबैको
आनन्दको दीप जलोस् सबैको ।
अखण्ड आनन्द अपार हुन्छ
आनन्दको सार अनन्त हुन्छ
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0