फूल झैँ मुस्कुराउँछन् पानाहरू यहाँ,  | बाल गजल | नन्दलाल आचार्य​ | Lekhak

फूल झैँ मुस्कुराउँछन् पानाहरू यहाँ,  | बाल गजल | नन्दलाल आचार्य​ | Lekhak

फूल झैँ मुस्कुराउँछन् पानाहरू यहाँ,  ज्ञानको दीप बाल्छन् सानाहरू यहाँ ।​

फूल झैँ मुस्कुराउँछन् पानाहरू यहाँ, 
ज्ञानको दीप बाल्छन् सानाहरू यहाँ ।​

मिठा मिठा कथा छन्, राम्रा छन् चित्र,
लुकेका हुन्छन् कति खजानाहरू यहाँ ।​

कागजी चरी बनी आकाश छुवाउँछन्,
सिकाउँछन् उड्ने नयाँ बाहानाहरू यहाँ ।​

अँध्यारोलाई भगाउने सूर्य हुन् यी किताब,
मेटिन्छन् मनका सबै तिर्सानाहरू यहाँ।​

पुस्तक नै साथी हुन्, पुस्तक नै गुरु हुन्,
भेटिन्छन् सुखी बन्ने ठेगानाहरू यहाँ ।