ढल्ने छ लुटको स्वर्ग | दुर्योधन बस्नेत | Lekhak

भ्रष्ट लुटाहाहरू, अपराध ढाकछोप गर्ने प्रवृत्ति र ईमान्दारिता तथा आदर्शमाथिको आक्रमणलाई उजागर गर्ने, अन्यायको अन्धकारबीच सत्य र नैतिकताको अजर–अमर शक्तिलाई चित्रण गर्ने चेतनामूलक र यथार्थपरक प्रस्तुति।

ढल्ने छ लुटको स्वर्ग  | दुर्योधन बस्नेत | Lekhak

लुट्न पल्केका लुटाहाहरु
लुटको स्वर्ग भत्किने त्रासमा
ईमान्दारिता माथी धावा बोल्छन
आक्रमण गर्छन
र सिमा नाघ्दै क्रुरताको
भत्काउंछन आदर्शका खम्बाहरु

अपराध ढाकछोप गर्न
गुहार माग्छन उनिहरु
लुटका आफ्ना अंशियारहरुसंग
रुन्छन, कराउंछन र पाउ पर्छन
नुनको सोझो गर्दै अंशियारहरु
उसको जघन्य अपराधमाथी 
ढाकछोपको पर्दा लगाउन तम्सिन्छन
र ` राम्रो मान्छे´ को सर्टिफिकेट
दिलाउने कोसिस गर्छन

याद गर लुटाहाहरु 
ढल्दैन कहिल्यै ईमान्दारिता
मर्दैन कहिल्यै अादर्श
झन जब्बर हुन्छ
अजर हुन्छ
अमर बन्छ
जवसम्म तिमिहरुको 
लुटको स्वर्ग ढल्दैन

53
We Value Your Privacy
We use cookies to improve your experience, analyze website usage, maintain security, and support advertising. Privacy Policy
✨