ढल्ने छ लुटको स्वर्ग | दुर्योधन बस्नेत | Lekhak

भ्रष्ट लुटाहाहरू, अपराध ढाकछोप गर्ने प्रवृत्ति र ईमान्दारिता तथा आदर्शमाथिको आक्रमणलाई उजागर गर्ने, अन्यायको अन्धकारबीच सत्य र नैतिकताको अजर–अमर शक्तिलाई चित्रण गर्ने चेतनामूलक र यथार्थपरक प्रस्तुति।

Feb 24, 2026 - 21:42
Feb 28, 2026 - 14:07
 1  34
ढल्ने छ लुटको स्वर्ग  | दुर्योधन बस्नेत | Lekhak

लुट्न पल्केका लुटाहाहरु
लुटको स्वर्ग भत्किने त्रासमा
ईमान्दारिता माथी धावा बोल्छन
आक्रमण गर्छन
र सिमा नाघ्दै क्रुरताको
भत्काउंछन आदर्शका खम्बाहरु

अपराध ढाकछोप गर्न
गुहार माग्छन उनिहरु
लुटका आफ्ना अंशियारहरुसंग
रुन्छन, कराउंछन र पाउ पर्छन
नुनको सोझो गर्दै अंशियारहरु
उसको जघन्य अपराधमाथी 
ढाकछोपको पर्दा लगाउन तम्सिन्छन
र ` राम्रो मान्छे´ को सर्टिफिकेट
दिलाउने कोसिस गर्छन

याद गर लुटाहाहरु 
ढल्दैन कहिल्यै ईमान्दारिता
मर्दैन कहिल्यै अादर्श
झन जब्बर हुन्छ
अजर हुन्छ
अमर बन्छ
जवसम्म तिमिहरुको 
लुटको स्वर्ग ढल्दैन

What's Your Reaction?

Like Like 5