तेरो कमाइ नखाई मर्ने भए ।

तेरो कमाइ नखाई मर्ने भए ।

शनिको दशा छोरो १३ बर्षको हुदादेखी बाट । उस्को बौसंग बोलचाल कम हुदै हुदै एकोहोरो मात्र । हुन सक्छ Generation , Communication Gap आफ्ना रहर , इच्छा , आधारभूत आवश्यकता दबाउदा दबाउदै बानी पर्यो ।

शनिको दशा छोरो १३ बर्षको हुदादेखी बाट । उस्को बौसंग बोलचाल कम हुदै हुदै एकोहोरो मात्र ।

हुन सक्छ Generation , Communication Gap आफ्ना रहर , इच्छा , आधारभूत आवश्यकता दबाउदा दबाउदै बानी पर्यो ।

आफ्नो Career , Hobby , सोचलाई आकार दिन सकेन । कारण बाबु छोरा बिच टकराव । एक अर्काको तर्क , कुतर्कमा तनक्क l

जिन्दगीको लाऊ लाऊ खाऊ खाऊ भन्ने उमेर मै । सबै कुरा चिज वस्तु Second Hand मा गुजार्यो । Girl Friend , Mobile , गितार , Cigarette , पुस्तक आदि इत्यादि । छन त छ नि लालपुर्जा , Bank Balance , सञ्चयकोष । यत्तिकैमा बौलाई बुढेसकालले छोयो छोरालाई जवानीले ।

अझै पनि दुबै आ - आफूमा आफै मात्र । North र South Pole भएर । बौ गुठी , भोज भत्तेर अनि रात बेरात ऐलाको Peg भर्दै सितन बिना Net घुट्काउदै । छोरो चिया , चुरोट अनि गाजाको तलतल लतमा भिर पाखा तिर । Dining Table मा फाट्टफुट्ट भेट हुदा बौ छोराको । Lecture र मौनता ।

दुनियाँको छोरा छोरीले यसो गरी सके , त्यसो गरी सके । तँभने रन्डीको छोरो तेरो कमाइ नखाई मर्ने भए । चुपचाप खलल्ल खाको थालमा चुठेर । अझै पनि एक अर्काको Ego ले गर्दा । एक आपसलाई Convince र Confession गर्न असमर्थ । अचानक ३२ वर्षपछि बौको मृत्यु भयो र छोरोको जिन्दगी सुरू ।