bibash pariyar
bibash pariyar Sep 26, 2026 🕰️ Nostalgic
अदालत आज म फेरि इजलासमा आएको छु यहाँ न्यायाधीश, दोषी, निर्दोष र वकील पनि मै छु कसरी काँहा के भन्छु, के बोल्छु कुन्नि आज आफ्नै फैसला गर्न आत्तुर छु मेरो आज निक्कै फरक रूप देखिने छ यहाँ आज यो दयालु कवि बन्ने छ घरी शोसक घरी उजाँड दुखी त घरी बन्ने छ कठोर न्यााधीश यो कवि लाई ज्ञान त छैन न्यायलयको जान्दैन शब्द कानुन र कठोरता को तर आज बाध्य छ बन्नु कठोर पाउन न्याय पहिले यो कवि बन्ने वाला छ पिडीत श्रीमान म यहाँ रहर ले आएको हैन मलाई भन्नु छ मेरो जीवनमा भएको बज्रपात बारे सुनाउनु छ आफ्नैले गरेको क्रम बारे मलाई सुनाउनु छ समयको भ्रम बारे भन्दै थियो दोषीले आफ्नो मामला त्यत्तिकैमा रोकियो र न्यायदिशको अर्डर आयो साइलेन्ट अब बोल्ने व्यक्ति मात्र वकिल भन्न थाल्यो श्रीमान मेरो क्लायन्ट निर्दोष छ भन्न थाल्यो उसको हत्या हुँदै छ सुस्तो उसको उपयोग हुँदै छ विरूद्धमा उसको भन्न थाल्यो मेरो क्लायन्ट साँच्चै निर्दोष छ उसको भोलापनमा आएको छ गम्भीर प्रश्न यति के भन्दै थिए वकिल,रोकेर बोले न्याइदिश भन्न थाले यहाँ हुँदैन भावनाको उद्दार यहाँ हुँदैन भावनाको उपचार तिमीहरुको मामलाको हुँदैन यहाँ उद्दार म त पिडीत, दोषी, न्याइदिश थिए आफै तर सकिन ल्याउन साहित्यलाई अदालतमा सकिन बुझाउन भावना, न त सके गर्न उद्दार आफ्नै अदालतमा आफैलाई कठघरामा राखेर सोध्दा पनि खुलेनन् मेरा ताल्चा लागेका कैयौं शब्दहरु खुलेन वर्षौं देखि सम्मलेको आक्रोशहरु खुलेन घाउ डामेको हिजो आफ्नाले न त देखियो आँसु बगेको पीडाले आज त आफै न्यादिश थिए तर भएन उद्दार आफ्नै सधा जसो भएन मरमपट्टी त्यो नदेखिने घाउको न त तारीख नै पाए न त सुनियो मेरो मामला न त सौला भयो भोगी रहेको पीडाहरुको खै कस्तो वक्त, दोषी र न्याइदिश भए न सुनवाई भयो राम्रो पिडाको , न उद्दार भयो भावनाको मेरो , न त प्रश्न राखे किन यस्तो, यसै बित्यो आजको कानुन मेरो यहाँ भयो त केवल हत्या मेरो भयो त केवल टुक्रा टुक्रा मुटु मेरो यहाँ निभ्यो त केवल झिनो झिल्को आशाको