Sunab Baskota
Sunab Baskota Aug 26, 2026 🤔 Thoughtful
# मेरो यात्रा अँध्यारा रातमा सपना बोकेँ, हारभित्र पनि आशा खोजेँ। कहिले code, कहिले जीवन— दुवैसँग लड्दै अघि बढेँ। बाटो धेरैपटक अल्झियो, मन पनि कहिलेकाहीँ थाक्यो। तर एउटा कुरा कहिल्यै मरेन— फेरि उठ्ने मेरो साहस। अझै यात्रा बाँकी छ, अझै सपना अधुरा छन्। म हराएको होइन— म आफूलाई बनाउँदैछु।