हे प्रकृति !
तिम्रो न्यानो वात्सल्य,
तिम्रो प्यारो सामीप्यता,
तिम्रो अद्भुत स्वभाव,
तिमी नै सुखदाता,
तिमी नै खुसी, तिमी नै सन्तुष्टि !
म एक मनुज,
तिम्रै सृष्टि,
तिम्रै उत्पत्ति,
तिम्रो अनुकम्पा,
तिम्रै भरोसा,
तिम्रो लीलाको एक हिस्सा !
म के भनूँ ?
म के लेखूँ ?
म के सोधूँ ?
म के गरूँ ?
म कहाँ जाऊँ ?
म के गाऊँ ?
तिमीले दिएको हरेक थोक,
तिमीले लिएको हरेक थोक,
न कुनै दोष छ,
न कुनै आरोप छ,
छ त तिम्रै गुणगान,
वन्दना, प्रार्थना अनि पुकार !
कहिलेकाहीँ लाग्छ,
तिम्रा आँखाले
न्याय–अन्याय,
समानता–असमानता,
दुःख–सुख,
खुसी–हाँसोको
तराजु जोख्न बिर्सन्छन् !
Man Pandey
03-07-2083
Manage Comments