अदालत
आज म फेरि इजलासमा आएको छु
यहाँ न्यायाधीश, दोषी, निर्दोष र वकील पनि मै छु
कसरी काँहा के भन्छु, के बोल्छु कुन्नि
आज आफ्नै फैसला गर्न आत्तुर छु
मेरो आज निक्कै फरक रूप देखिने छ यहाँ
आज यो दयालु कवि बन्ने छ
घरी शोसक
घरी उजाँड दुखी त
घरी बन्ने छ कठोर न्यााधीश
यो कवि लाई ज्ञान त छैन न्यायलयको
जान्दैन शब्द कानुन र कठोरता को
तर आज बाध्य छ बन्नु कठोर पाउन न्याय
पहिले यो कवि बन्ने वाला छ पिडीत
श्रीमान म यहाँ रहर ले आएको हैन मलाई भन्नु छ
मेरो जीवनमा भएको बज्रपात बारे
सुनाउनु छ आफ्नैले गरेको क्रम बारे
मलाई सुनाउनु छ समयको भ्रम बारे
भन्दै थियो दोषीले आफ्नो मामला
त्यत्तिकैमा रोकियो र न्यायदिशको अर्डर आयो साइलेन्ट
अब बोल्ने व्यक्ति मात्र वकिल
भन्न थाल्यो श्रीमान मेरो क्लायन्ट निर्दोष छ
भन्न थाल्यो उसको हत्या हुँदै छ सुस्तो
उसको उपयोग हुँदै छ विरूद्धमा उसको
भन्न थाल्यो मेरो क्लायन्ट साँच्चै निर्दोष छ
उसको भोलापनमा आएको छ गम्भीर प्रश्न
यति के भन्दै थिए वकिल,रोकेर बोले न्याइदिश
भन्न थाले यहाँ हुँदैन भावनाको उद्दार
यहाँ हुँदैन भावनाको उपचार
तिमीहरुको मामलाको हुँदैन यहाँ उद्दार
म त पिडीत, दोषी, न्याइदिश थिए आफै
तर सकिन ल्याउन साहित्यलाई अदालतमा
सकिन बुझाउन भावना,
न त सके गर्न उद्दार आफ्नै अदालतमा
आफैलाई कठघरामा राखेर सोध्दा पनि
खुलेनन् मेरा ताल्चा लागेका कैयौं शब्दहरु
खुलेन वर्षौं देखि सम्मलेको आक्रोशहरु
खुलेन घाउ डामेको हिजो आफ्नाले
न त देखियो आँसु बगेको पीडाले
आज त आफै न्यादिश थिए तर
भएन उद्दार आफ्नै सधा जसो
भएन मरमपट्टी त्यो नदेखिने घाउको
न त तारीख नै पाए न त सुनियो मेरो मामला
न त सौला भयो भोगी रहेको पीडाहरुको
खै कस्तो वक्त, दोषी र न्याइदिश भए
न सुनवाई भयो राम्रो पिडाको ,
न उद्दार भयो भावनाको मेरो ,
न त प्रश्न राखे किन यस्तो,
यसै बित्यो आजको कानुन मेरो
यहाँ भयो त केवल हत्या मेरो
भयो त केवल टुक्रा टुक्रा मुटु मेरो
यहाँ निभ्यो त केवल झिनो झिल्को आशाको
Manage Comments