झरेको फुल | Dilli Ram Ojha | Lekhak

झरेको फुल | Dilli Ram Ojha | Lekhak

Lekhak AI Narration D.R. Ojha Comedian
0:00
0:00

📖 **Analysis: झरेको फुल | Dilli Ram Ojha | Lekhak** 🇬🇧 **English Summary:** This poignant literary piece by Dilli Ram Ojha utilizes the metaphor of a flower to reflect on the transient nature of life and the superficiality of worldly affection. It captures the journey from a vibrant bloom to a withered state, highlighting how admiration quickly turns into neglect once physical beauty fades. The narrative emphasizes the inevitable cycle of existence where the old is replaced and forgotten, leaving the essence of the self to find ultimate peace within the solitude of the earth. 🇳🇵 **नेपाली सारांश (Nepali Summary):** डिल्लीराम ओझाद्वारा लिखित यस मार्मिक रचनाले फूलको माध्यमबाट जीवनको क्षणभङ्गुरता र मानवीय स्वार्थलाई जीवन्त रूपमा चित्रण गरेको छ। सुन्दरता र यौवन रहुञ्जेल सबैको आकर्षणको केन्द्र बनेको फूल ओइलाएपछि तिरस्कृत र अपहेलित हुनुपर्ने तितो यथार्थलाई यहाँ प्रस्तुत गरिएको छ। अन्ततः माटोमा विलीन भएर आफ्नो अस्तित्व गुमाउनु पर्ने र नयाँपनको खोजीमा संसारले पुरानोलाई बिर्सने शाश्वत सत्यलाई लेखकले अत्यन्तै गम्भीर भावका साथ व्यक्त गरेका छन्।

झरेको फुल | Dilli Ram Ojha | Lekhak

म पनि त फुल रैछु
काँडाहरुको बिचमा फुलिदिने
पातहरुको माझमा झुलिदिने
कोपिलालाई फुटाएर फक्रीने
उ सङ्गको सम्बन्ध टुटाएर फक्रीने
म फुलेँ
म फक्रेँ
म फुलिरहेको बेला
म फक्रीरहेको बेला
भमराहरु आउँथे,झस्काइरहन्थे
मानिसहरु आउँथे,जिस्क्याइरहन्थे
म रङ्गिन थिएँ
आउँथे चलाउथेँ
म कुरुप बन्दै गएँ
म हेलित हुन थालेँ
अब त म ओइसकेँ
बस् झर्न मात्र बाँकी छ
म झरिसके पछि
पहिले मलाई हातले सुम्सुम्याउने हरु
अब मलाई खुट्टाले कुल्चने छन्
म माटोमा मिल्ने छु
अनि मेरो स्थानमा अरु कोहि फुल्ने छ
मलाई बिर्सने छन्
ती भमराहरुले
ती मान्छेहरुले
अर्कै नयाँ सुन्दर फुल भेटेपछी
म माटोमुनि नै चिच्याइरहेको हुनेछु
म छटपटाइरहेको हुनेछु
म रोइरहेको हुनेछु
अनि मेरो अस्तित्व समाप्त हुनेछ
तिमिले मलाई बिर्सने छौ
म दुनियाँलाई बिर्सने छु
म रमाइरहेको हुनेछु
आफ्नै संसारमा,माटोमुनी

45