तिम्रै लागि | Rojal Sigdel

बतास तिम्रो लागि यो सास तिम्रै लागि मेरा हरेक शब्द र प्रयास तिम्रै लागि

Lekhak
Lekhak Writer
4 Months Ago

तिम्रै लागि | Rojal Sigdel

Lekhak AI Narration Lekhak
0:00
0:00

📖 **Analysis: तिम्रै लागि | Rojal Sigdel** 🇬🇧 **English Summary:** The poem "Timrai Lagi" by Rojal Sigdel is a poignant expression of unconditional devotion and the profound influence of a beloved on the poet's existence. Through evocative imagery of breath, words, and sleepless nights, the author illustrates a state of constant longing where every action is dedicated to an absent yet spiritually present partner. The verses capture the essence of solitary love, where the protagonist finds solace in memories and self-reflection while yearning for a tangible connection. Ultimately, the work serves as a testament to the enduring power of affection that transcends physical distance and persists through internal dialogue and poetic creation. 🇳🇵 **नेपाली सारांश (Nepali Summary):** रोजल सिग्देलद्वारा रचित 'तिम्रै लागि' शीर्षकको यस रचनामा प्रेमको गहिरो समर्पण र निस्वार्थ आशक्तिको जीवन्त चित्रण गरिएको छ। कविले आफ्ना हरेक श्वास, शब्द र प्रयासहरू प्रियतमाकै निम्ति अर्पण गर्दै वियोगमा पनि सामीप्यको आभास हुने कुरालाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। ऐना हेरेर मुस्कुराउनु, सिरानीमा तस्बिर राखेर निदाउनु र मनभित्रै संवाद गर्नुले प्रेमको पराकाष्ठा र मानसिक तन्मयतालाई उजागर गर्दछ। यो सिर्जनाले भौतिक उपस्थितिको अभावमा पनि प्रेम कसरी सिर्जना र कल्पनाको माध्यमबाट जीवित रहन्छ भन्ने यथार्थलाई प्रस्ट पारेको छ।

तिम्रै लागि | Rojal Sigdel

बतास तिम्रो लागि यो सास तिम्रै लागि
मेरा हरेक शब्द र प्रयास तिम्रै लागि

पढ्छु मात्र भन तिमी महाकाब्य जन्मिनेछ
तिमी छ्यौ चैं कहाँ ? तलास तिम्रै लागि

एक्लै बसेको छैन माया एक्लै हुँदा पनि
तिमी सङ्गै छ्यौ भन्ने आभास तिम्रै लागि


त्यो मनबाटै जाँचिराछु म त मेरा सोचहरु
नथाकुँ म लिन्छु आफै स्याबास तिम्रै लागि

प्रश्न सोधि तिमीलाई जवाफ आफैले दिन्छु
ऐना हेरि मुस्कुराउँछु खास तिम्रै लागि

सपनी मा तिमी लाई देखेँ भनी निदाउँछु सधैँ
राखेर तस्विर सिरानिको पास तिम्रै लागि

एकोहोरो प्रेम हो, भुल्न सक्छ सोच्दिहौली
देखाइदिन सक्थेँ चिरी छाती कास तिम्रै लागि

11