हे सरकार लौ सुन मेरो पुकार अनि हारगुहार

हे सरकार लौ सुन मेरो पुकार अनि हारगुहार

उठाइदेऊ वर्षाैँदेखि सार्वजनिक जग्गा जमिनमा बसोबास गर्ने सुकुम्बासीहरुलाई लखेटिदेऊ नदी खोला किनारहरुलाई कब्जा गरी राष्ट्रिय सम्पत्तिको जगेर्ना खातिर ठूला ठूला भाषण गर्ने हुकुम्बासीहरुलाई हालीदेऊ कालकोठरीमा ती सबै पुराना ठूला साना नेता कर्मचारीहरुलाई

उठाइदेऊ वर्षाैँदेखि सार्वजनिक जग्गा जमिनमा बसोबास गर्ने सुकुम्बासीहरुलाई

लखेटिदेऊ नदी खोला किनारहरुलाई कब्जा गरी राष्ट्रिय सम्पत्तिको जगेर्ना खातिर ठूला ठूला भाषण गर्ने हुकुम्बासीहरुलाई

हालीदेऊ कालकोठरीमा ती सबै पुराना ठूला साना नेता कर्मचारीहरुलाई

जसले यिनै हुकुम्बासीहरुको वैसाखीमा तिनै सुकुम्बासीहरुको नाम भजाइरहे

सिधासादा जनताको गरिबी, अशिक्षा, रोग भोक र बेरोजगारीको दुहाई दिँदै

राज्य र दाताहरुबाट मिल्ने जति माल डकार आउने गरी बजाइरहे

हुर्‍याइदेऊ बेथिति,भ्रष्टाचार कुरीति, ढिलासुस्ती र भोलिवादका अवयवहरु फेरि कहिल्यै नब्यूँझने गरी

रम्नदेऊ नेपाली जनतालाई पनि कुनै विकसित राष्ट्रका नागरिक सरी

झुम्मिनदेऊ सारा नेपालीहरुलाई जसरी आउँछन् केटाकेटीहरु आफ्ना अभिभावकका वरिपरि

जुट्नदेऊ हिमाल पहाड तराई पूर्व पश्चिम उत्तर दक्षिण सबैतिरका नेपालीहरुलाई

फुट्नदेऊ चौतर्फी विकासको मूल सारा राष्ट्रभरि

महसुस गर्न देऊ विविध जातजाति, समुदाय, संस्कृतिका नेपालीहरुलाई बराबरी

यति हुँदाहुँदै पनि केही कुरा तिमीले पनि भुल्नु हुँदैन कि

शासन सत्ता र शक्तिमा पुग्ने कोही पनि अजम्बरी हुँदैन

हिजोका शासकहरुका याचनाले आज तिमीलाई नछोए जसरी

पक्कै पनि तिम्रा याचनाले भोलिका शासकहरुलाई छुँदैन

हतारमा काम गरी फुर्सदमा पछुतो मान्नु नपरोस्

नेपाली जनताले तिमीप्रति फक्राएको आशाको सुन्दर फूल यथासक्दो नझरोस्

तिम्रो कारण नेपाल आमामाथि कुनै छिमेकी या मित्र राष्ट्रले कुदृष्टि लगाउने मौका नपाओस्

दशकौँ पछि यो देश र देशबासीहरुको मुहारमा देखिएको खुसी अनि छाएको हाँसोलाई छोप्ने गरी अत्यास लाग्दो ग्रहण अब फेरि कहिल्यै नछाओस्

हे सरकार, तिमीसँग मात्र यही छ मेरो पुकार अनि हारगुहार

हे सरकार, तिमीसँग मात्र यही छ मेरो पुकार अनि हारगुहार।।