मिसाइल पुग्छ ७२ घण्टामा, तर किसानले मल पाउँदैन समयमा | Lekhak

विश्वमा हतियार ७२ घण्टामा पुग्छ तर नेपाली किसानले समयमा मल पाउँदैनन्। संयुक्त राष्ट्रसंघमा उठेको नेपालको आवाज र विश्वव्यापी असमानतामाथि 'लेखक'को सशक्त कन्सियस नेपहप प्रस्तुत।

Lekhak
Lekhak
6 Days Ago
मिसाइल पुग्छ ७२ घण्टामा, तर किसानले मल पाउँदैन समयमा | Lekhak
शून्य दशमलव एक प्रतिशत पनि योगदान छैन...
तर सजाय भने हामीले भोग्नुपर्ने?
यो चेतावनी हो, संसारले सुनोस्!
माथि हिमाल फुट्दैछ, मुनि पहिरो खस्दैछ,
विकासको नाममा यहाँ लाशहरूको हिसाब बस्दैछ।
हिजोसम्म शान्त थियो भोटेकोशी, त्रिशूली,
आज हिमाली सुनामीले लग्यो सपना सबै भुली!
हामीले नगरेको पापको भारी बोकाइयो,
संसारको गल्तीले यहाँ गरिब मारियो।
ऋणको पासो थापेर न्यायको नाटक नगर,
हाम्रो हिउँ पग्लेर तिम्रो सहर पनि डुब्ला, विचार गर!
Relief! Rehabilitation! Reconstruction!
कागजी फारम छाड, अब गर Action!
Responsibility! Reparation! Resilience!
हामीलाई चाहियो अब Climate Justice!
हिमाल रोएको आवाज सुन्छौ कि सुन्दैनौ?
हामीले नबिराएको सजाय अब सहँदैनौ!
संसारको नीति हेर— कति छ सडेको,
मिसाइल र बन्दुक समयमै बोर्डर कटेको!
मिसाइल पुग्छ ७२ घण्टामा संसारको जुनसुकै कुनामा,
तर किसानले मल पाउँदैन खेती गर्ने मौसममा!
युद्धको लागि बजेट छ, हतियार छ तयार,
तर हिमाल बचाउन किन छैन विचार?
हामीलाई ऋण होइन, क्षतिपूर्ति (Reparation) चाहियो,
भिक मागेको होइन, आफ्नै अधिकार चाहियो!
Relief! Rehabilitation! Reconstruction!
कागजी फारम छाड, अब गर Action!
Responsibility! Reparation! Resilience!
हामीलाई चाहियो अब Climate Justice!
हिमाल रोएको आवाज सुन्छौ कि सुन्दैनौ?
हामीले नबिराएको सजाय अब सहँदैनौ!
घर जलिसक्यो, फारम भर्ने समय छैन,
हाम्रो आवाज नसुने यो संसार बाँकी रहने छैन।
सगरमाथाको यो अन्तिम चेतावनी हो...
जय पशुपतिनाथ! बुद्धको भूमिबाट नमस्ते!
11