पुरुष  | Sujan Poudel | Lekhak

पुरुष | Sujan Poudel | Lekhak

तिमी मान्छे हौ? के तिमी साँचिकै बुवा हौ? के तिमी साँचिकै दाई, भाई, काका, श्रीमान हौ त? तिमी दुई खुट्टाले टेकेर हिड्ँदैमा के मानव हुँ भन्ने भ्रम छ? समाजले तिमीलाई सर्वश्रेस्ठ ठानिदिनु पर्ने? मानिदिनु पर्ने?

तिमी मान्छे हौ?
के तिमी साँचिकै बुवा हौ?
के तिमी साँचिकै दाई, भाई, काका, श्रीमान हौ त?
तिमी दुई खुट्टाले टेकेर हिड्ँदैमा के मानव हुँ भन्ने भ्रम छ?
समाजले तिमीलाई सर्वश्रेस्ठ ठानिदिनु पर्ने?
मानिदिनु पर्ने?

कृपया म मान्छे हुँ भन्ने भ्रम नपाल
तिमीमा मान्छे हुने गुण छैन!
हुन सक्दैन!
तिमी मान्छे हौ भने?
निर्मला ?
इनिशा?
पुष्पा?
मिरा?
तारा? आदि...
के कस्को कारणले यि सब थोक भोगे?

मलाई मेरै आमा सङ्ग
बैनि , श्रीमति सङ्ग मुख देखाउन
धौs भै राखेको छ!

छाडिदेउ अव समाज हाँक्न!
रोकिदेउ अव नेता बन्न !

अझै पनि तिम्रै बर्चस्व स्विकार्न पर्ने?
अझै पनि तिमी बाटै शाशित हुनु पर्ने?

यो कस्तो कठोर समाज
हे! मेरी आमा?
आफ्नै सन्तान बाट ...
आफ्नै बुवाबाट एउटी चेली असुरक्षित हुनु पर्ने?

अझै कति चेलीलाई योगमाया बन्नु पर्ने?
माफ गरिदेउ आमा म मान्छे बन्न सकिन ! !

What's Your Reaction?