Candlestick भनेको के हो? (The Anatomy)
🟢 Green Candle (Bullish): यसको मतलव मार्केट माथि गयो (Price Went Up)। यसको Bottom Body मा Market Open हुन्छ र Top Body मा Close हुन्छ।
🔴 Red Candle (Bearish): यसको मतलव मार्केट तल झर्यो (Price Went Down)। यसको Top Body मा Market Open हुन्छ र Bottom Body मा Close हुन्छ।
The Wicks (Shadows): Candle को माथि र तल निस्किएका मसिना धर्काहरूलाई Wick भनिन्छ। यसले मार्केट त्यो दिन कति माथि (High) र कति तल (Low) सम्म पुग्यो भन्ने कुरा देखाउँछ।
Identifying the 3 Market Trends

Uptrend (Higher Highs & Higher Lows): जब बजारले नयाँ High बनाउँछ र अघिल्लो Low भन्दा माथि नै रोकिन्छ, त्यसलाई Uptrend भनिन्छ। यतिबेला Buyers हरू Full Control मा हुन्छन्। Your Action: यो किन्ने सही समय हो।
Downtrend (Lower Highs & Lower Lows): जब बजार लगातार तल झर्छ र हरेक पटक नयाँ Low बनाउँछ, त्यसलाई Downtrend भनिन्छ। Your Action: यस्तो बेला झुक्किएर पनि Stock नकिन्नुहोस्, "Falling Knife" समात्ने प्रयास नगर्नुहोस्।
Sideways (Consolidation): जब Price एउटै Box भित्र घुमिरहन्छ, न माथि जान्छ न तल। यसलाई Buyers र Sellers बीचको Tug-of-war भनिन्छ। Your Action: कुनै एकातिर Breakout नभएसम्म Wait एण्ड Watch गर्नुहोस्।
Support and Resistance: The Floor & Ceiling
Support (The Floor): यो यस्तो Price Level हो जहाँ पुगेपछि झर्दै गरेको सेयरको मूल्य थामिन्छ र माथि जान्छ। यहाँ Buyers हरू Active हुन्छन् किनभने उनीहरूलाई सेयर "Cheap" (सस्तो) लाग्छ।
Resistance (The Ceiling): यो यस्तो Price Level हो जहाँ पुगेपछि बढ्दै गरेको सेयरको मूल्य ठोक्किएर तल झर्छ। यहाँ Sellers हरू Active हुन्छन् किनभने उनीहरू Profit Book गर्न हतारिन्छन्।
Pro Tip: जब Price ले "Ceiling" (Resistance) लाई तोडेर माथि जान्छ, अर्को पटक तल झर्दा त्यही Level अब नयाँ "Floor" (Support) बन्न पुग्छ।
Beginners को लागि ३ वटा Free Tools
Volume: यो Chart को सबैभन्दा तल हुने Vertical Bars हो। यसले कति सेयर खरिद-बिक्री भयो भन्ने देखाउँछ। High Volume सहित मार्केट माथि गयो भने त्यो True Move हो।
Moving Average (e.g., 200-day MA): यो एउटा Smooth Line हो जसले मार्केटको वास्तविक Long-term Trend देखाउँछ। यदि Price २००-दिनको Moving Average भन्दा माथि छ भने Stock स्वस्थ छ भन्नु पर्छ।
RSI (Relative Strength Index): यसको Score ० देखि १०० सम्म हुन्छ। यदि RSI 70 भन्दा माथि छ भने मार्केट Overbought (धेरै महँगो) भयो, अब घट्न सक्छ। यदि RSI 30 भन्दा तल छ भने Oversold (धेरै सस्तो) भयो, अब बढ्न सक्छ।
Chart Reading Step-by-Step Checklist
Step 1: Timeframe लाई Daily ("D") Chart मा सेट गर्नुहोस्।
Step 2: विगत ६ देखि १२ महिनाको Trend हेर्नुहोस् (Up, Down, वा Sideways?)।
Step 3: मुख्य-मुख्य Support (Floor) र Resistance (Ceiling) को सिधा धर्का (Horizontal Line) कोर्नुहोस्।
Step 4: Moving Average चेक गर्नुहोस्—Price लाइनभन्दा माथि छ कि तल?
Step 5: RSI हेर्नुहोस्—बजार धेरै तातेको (Above 70) छ कि सेलाएको (Below 50) छ?
