गाउंले बिशेषता | Lekhak
यो कोशेलिले बिशेषत:पुर्खौंदेखि स्थायी बसोबास गरिआएका सहरबासी र तराईबासीहरुका लागि गाउंले जिवनको बारेमा जानकारी गराउने छ भन्ने लागेको छ ।
गुल्मी जिल्लाको अस्लेवा, ठांटी ससुराली घरमा १० दिने बसाईबाट अनुभव गरेको गाउंघरको बिशेषताहरु पाठकहरुमाझ पस्केको छु । यो कोशेलिले बिशेषत:पुर्खौंदेखि स्थायी बसोबास गरिआएका सहरबासी र तराईबासीहरुका लागि गाउंले जिवनको बारेमा जानकारी गराउने छ भन्ने लागेको छ ।
१) घाँस, दाउरा, सोतर, भकारो
२) सिजन अनुसारको खेतिपाती
३) पानी, पंधेरो( पहिला पहिला एक गाग्री पानी लिन एक बिहान हिंड्नुपर्थ्यो र त वटुवाले पानी माग्दा छोरी, बुहारीको दाइजो भन्ने गरिनणथ्यो तर यतिबेला लगभग सबै गाउंहरुमा घर घरमा पानीको धारा पुगिसकेकोफअबस्था छ
४) पिठो, आंटो
५) चुलो, चम्को
६) लिप, पोत( विहान सखारै उठेर गोबर र रातोमाटो मिसाएर दैलो, पिंढी पोत्ने प्रचलन रहेको छ )
७) धुलोमैलो( दिनभर काममा ब्यस्त हुने हुंदा लगाएका लुगा, कपडा, हात, खुट्टा धुलाम्य भएका हुन्छन । थाकेका कारण त्यसको कुनै मतलब हुंदैन । )
८) कामको ब्यस्तता
९) अस्तब्यस्त राखनधरन ( सहरमा जस्तो आल्ना, हेङ्गर को ब्यबस्था नहुने हुंदा कपडाको राखनधरन अस्तब्यस्त रहेको हुन्छ )
१०) ऐंचोपैंचो, सरसापट
११) अर्म, पर्म ( पालैपालो खेतिपातिको काम गर्ने प्रचलन रहेको हुन्छ ।)
१२) धर्म, कर्म( जनजिवन धर्म,कर्ममा अडेको हुन्छ। )
१३) डांडा, कांडा,उकाली, ओराली,भन्ज्याङ, चौतारी
१४) ईमान्दारिता, सोझोपन
१५) साधा जीवन( सामान्य लवाई, खवाई हुन्छ। कुनै तडक, भडकपन पाईंदैन। )
१६) मेलमिलाप, सद्भाव, भाईचारा
१७) प्रशस्त गोरस( दूध, दही, मही,घ्यु )
१८) स्वच्छ वातावरण( धुलो,धुवांरहित स्वच्छ बातबरण हुन्छ ।)
१९) अर्गानिक खानपान ( शहरमाजस्तो बिषादी मिसाईएको खानेकुरा खानुपर्दैन। सबैचिज अर्गानिक पाईन्छ ।)
२०) फिजिकल फिटनेस( बिहान उठेदेखि काममा ब्यस्त हुनुपर्ने भएकोले शारिरिक ब्यायाम मेन्टेन भैरहेको हुन्छ ।)
२१) मनोरम प्रकृति
२२) स्वास्थ्य र शिक्षाका दृष्टिले पछाडी
२३) जनचेतनामा कमी ( यध्यपी बिगतको तुलनामा धेरै चेतनाको बिकास भैसकेको छ।)
२४) अन्धबिश्वास वा परम्पराबादी सोच ( केही अन्धबिश्वासहरुले अझैपनि घर गरिरहेको अबस्था छ।)
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0

