के भएको मान्छेलाई? थुइक्क यो समाज !

के भएको मान्छेलाई? थुइक्क यो समाज! एकजुट भई उठौँ अब, उठाऊँ एउटा आवाज! कडा भन्दा कडा सजाय! फाँसीको फन्दा! अपराधीको घाँटी रेट, नदेखाऊ अब दया! क्रुर भन्दा क्रुर सजाय! अब नजन्मियोस् अर्को दानव! नत्र कसरी भन्नु आफूलाई यहाँ एउटा मानव?

Lekhak
Lekhak
1 Month Ago
के भएको मान्छेलाई? थुइक्क यो समाज !

३ वर्षकी ती अवोध बच्ची... तिम्रो आत्माले न्याय पाओस्।
मान्छेको खोल ओढेका ती भेडियाहरूलाई... अब छोडिने छैन!

कस्तो यो कलियुग? कस्तो यो मानव?
सडकमा हिँड्ने हिंस्रक यहाँ दानव!
३ वर्षकी अवोध बच्ची, कोपिला नै निमोठ्यौ,
चकलेटको लोभ देखाई, संसार नै लुट्यौ!
मान्छेको नाममा त्यो कलंक, त्यो राक्षस,
पाप गरेर फेरि खोज्न हिँड्छस् त्यो लास?
अपराध छोप्न खोज्ने त्यो मतियार हत्यारा!
त्यस्ता पापीलाई त झुण्ड्याउनु पर्छ बीच चौतारा!
जनताको रगत उम्लियो अब, चुप बस्ने कोही छैन,
हाम्रा साना नानीहरू यहाँ कतै पनि सुरक्षित छैन!
पथलैया-वीरगन्ज बन्द छ, टायर हुरहुर बलेको छ,
नेपालको कानुन सुते पनि, आज सिंहदरबार हल्लेको छ!

के भएको मान्छेलाई? थुइक्क यो समाज!
एकजुट भई उठौँ अब, उठाऊँ एउटा आवाज!
कडा भन्दा कडा सजाय! फाँसीको फन्दा!
अपराधीको घाँटी रेट, नदेखाऊ अब दया!
क्रुर भन्दा क्रुर सजाय! अब नजन्मियोस् अर्को दानव!
नत्र कसरी भन्नु आफूलाई यहाँ एउटा मानव?

इलाका प्रहरी सिमरा, के हेरेर बस्या थियौ?
बच्ची हराउँदा रिपोर्ट लिन किन ढिलो गर्या थियौ?
पावर र पैसाको मातमा यहाँ गरिब मात्रै पिसिने?
प्रहरीको लापरबाही अब कसैले नि नसहने!
सदनमा आज सांसदहरू चर्को स्वरले गर्ज्या छन्,
जनताका प्रतिनिधिले कडा प्रश्न सोझ्या छन्!
"मृत्युदण्ड देऊ" भन्दै सडक आज तातेको छ,
४ दिनको म्याद थपले मात्रै अब चित्त कहाँ बुझेको छ?
बलात्कारी, ज्यानमारा, ती दुष्टको संहार गर,
संसारबाटै नाम निशाना सधैँलाई समाप्त गर!
नियम बदल, कानुन बदल, फाँसीको फन्दा तयार गर,
अर्को पटक यस्तो सोच्न नि अपराधीको मुटुमा डर भर!

के भएको मान्छेलाई? थुइक्क यो समाज!
एकजुट भई उठौँ अब, उठाऊँ एउटा आवाज!
कडा भन्दा कडा सजाय! फाँसीको फन्दा!
अपराधीको घाँटी रेट, नदेखाऊ अब दया!
क्रुर भन्दा क्रुर सजाय! अब नजन्मियोस् अर्को दानव!
नत्र कसरी भन्नु आफूलाई यहाँ एउटा मानव?

सानी नानी... सिंगो देश तिम्रो साथमा छ।
यो लडाईं रोकिने छैन, जबसम्म ती पापीहरू ढल्दैनन्।
कुनै माफी छैन, कुनै दया छैन।
फाँसी नभएसम्म यो आवाज थुनिने छैन।

11