We Value Your Privacy
We use cookies to improve your experience, analyze website usage, maintain security, and support advertising. Privacy Policy
Padamraj Thami
May 02, 2026
लालपुर्जाको खोजिमा रसाएका आखाँहरु
यो देशको भूगोलमा,
मान्छेको नाममा जग्गा छैन भन्दैमा
उसको अस्तित्व नै मिटाईदिने हो र ?
उसले ओढेको आकाश र टेकेको धर्ती,
कानुनको पानामा मात्र सीमित हुन्छ र ?
देशभर 'मानवता' को डम्फु बजाउनेहरु,
अनि आज आफ्नै देशका नागरिकहरुलाई,
झरि र अँध्यारो रातमा, रोग र भोकको मुखमा,
कुन नैतिकताले पछार्दै छौ ?
के यो 'राज्य आतंक' होइन र ?
Comments 0
No comments yet. Be the first to comment!