सपना
अपरिचित मसंगै, परदेशको,
अपरिचित शहर, स्वप्नमा देखेका र साचेँका,
अनगिन्ती रहर, यादको खण्डहरसंग उभिएर,
घर कल्पन्छ, दौँतरी कल्पन्छ,
गाउँको घुम्ती-घुम्ती कल्पन्छ,
प्रियसीकी प्यार र आमाको,
ममता कल्पन्छ । र.... भोलिका सुनौला भविष्य कल्पदैं,
अनि मस्तिष्कलाई भन्छ, उठ्! अब त फेरि सपना पूरा गर्नु जानु छ ।
✍️✍️राजेश स्पन्दन, भक्तपुर
Comments 0
No comments yet. Be the first to comment!