“तिमीले कहिल्यै यस्तो महसुस गरेका छौ?
कि तिमी हरायौ…
तर कसैले खोजेन?”
म हराएको थिएँ।
साच्चिकै।
मानिसहरूको भीडमै उभिएको थिएँ,
तर कसैले मेरो अनुपस्थिती महसुस गरेन।
नाम थियो, अनुहार थियो,
तर अस्तित्व…?
सायद कतै बाटोमै छुट्यो।
सबैले सोध्यो — “ठिक छौ?”
मैले हाँसेर भनेँ — “ठिकै छु।”
तर त्यो ‘ठिकै’ भित्र
हजारौँ चिच्याहटहरू थिए।
मलाई लाग्थ्यो,
कसैले त खोज्ला…
एकचोटि, दुईचोटि,
सायद कुनै दिन।
तर समयले देखायो —
म हराउनु नै ठीक रहेछ।
किनकि
जसले “म तिमीलाई चिन्छु” भन्थे,
उनीहरूलाई
मेरो हराउनु नै थाहा भएन।
अनि एक दिन,
म आफैसँग बसें।
न फोन, न मानिस,
न कुनै बहाना।
त्यो दिन
पहिलो पटक
मेरो मनले मसँग कुरा गर्यो।
“तँ किन अरूलाई खोज्दैछस्,
जब तँ आफैलाई नै हराएको छस्?”
त्यो प्रश्नले
मलाई तोडेन —
मलाई जगायो।
म बोल्न सकिनँ,
तर म लेख्न थालेँ।
शब्दहरू आए,
आँसुहरू सँगै बगे।
प्रत्येक लाइनमा
मेरो एउटा टुक्रा थियो।
म कथाहरू लेखिनँ,
म आफ्नै घाउहरू लेख्दै थिएँ।
अनि त्यहीँबाट सुरु भयो —
मेरो यात्रा।
म लेखक होइन,
म त केवल एक हराएको मान्छे थिएँ
जसले शब्दहरूमा आफ्नो घर भेट्टायो।
‘lekhak’ मेरो प्लेटफर्म होइन,
मेरो आवाज हो।
यहाँ
म जस्तो हराएका मानिसहरू
आफ्नो कथा भेट्छन्।
“यदि तिमी पनि हराएको छौ भने,
खोज्न ननिस्क —
लेख्न सुरु गर।
किनकि कहिलेकाहीँ,
मान्छेहरू होइन…
शब्दहरूले नै हामीलाई भेट्टाउँछन्।”
तिमी पनि कहिल्यै हराएको महसुस गरेका छौ ? कमेन्टमा लेख।
