म हराएको थिएँ कसैले खोजेन मलाई | Dilli Ram Ojha | Lekhak

म हराएको थिएँ साच्चिकै कसैले खोजेन मलाई लाग्यो म हराउनु नै उचित रैछ फेरि कहाँ हराउँ ? यो दुनियाँ भन्दा अलग ? अँ हँ मलाई म छु भन्नेहरुले नै खोजेनन् म हराइरहेँ पटकपटक

म हराएको थिएँ कसैले खोजेन मलाई | Dilli Ram Ojha | Lekhak

Lekhak AI Narration D.R. Ojha Comedian
0:00
0:00
म हराएको थिएँ  कसैले खोजेन मलाई | Dilli Ram Ojha | Lekhak

म हराएको थिएँ
साच्चिकै
कसैले खोजेन मलाई
लाग्यो
म हराउनु नै उचित रैछ
फेरि कहाँ हराउँ ?
यो दुनियाँ भन्दा अलग ?
अँ हँ
मलाई म छु भन्नेहरुले नै खोजेनन्
म हराइरहेँ पटकपटक

कहिले कालो बादलभित्र
मडारिइरहेको जुन सङ्ग हराएँ
कहिले मध्यरातमा
गुन्जयमान कहालीलाग्दा आवाजहरु सङ्ग हराएँ
दिउँसोको गर्मीले सन्ध्यामा चिसो बतास सङ्ग
उसका यादहरु मेरो मस्तिष्कमा ल्याएर आउँदा
मन नै चिसिक्क हुन्थ्यो
मुटु नै च्वास्स गर्थ्यो
म सम्झन्थेँ
उसका अनुहारहरु लाई
जो म सङ्ग नजिक भएर
टाढिएका थिए सधैंका लागि

दिनहरू त जसो तसो कटेकै थिए
मेरा रातहरु बहुत मुस्किल थिए
आँखा खोलेर देखेका सपनाहरू भन्दा
आँखा बन्द गरेर देखेका सपनाहरू
निक्कै कहालीलाग्दा हुँदारहेछन्
बारम्बार झस्काइरहने
छातिको देब्रे भाग चस्काइरहने
उ सङ्गका भेटहरु कति प्रिय थिए
कति पवित्र थिए
कैले मन्दिरमा भगवानको आशिर्वादमा
कैले प्रकृतिको अनुपम छाहरिमा
त कैले मान्छेको भिँडमा
जे होस् खास थिए अनि धेरै खास

उ आफ्नो होइन भन्ने हुँदाहुँदै पनि
आफ्नो लाग्नु
उ भाग्यमा छैन भन्ने लाग्दालाग्दै पनि
उसैलाई पाउने आस गर्नु
सायद
जिन्दगीको एउटा पट्यार लाग्दो क्षण हुनपर्छ
उ सङ्गको मेरो पल
लाग्थ्यो प्यार हो
संसारको मुल्यवान वस्तु
तर पैसा ???
पैसाको अघि के ???

म हरेक पटक गलत सावित भएको छु
उसको निम्ति
मैले प्रत्येक पल उसको समय बर्बाद पारिदिएको छु
अफसोच
म राम्रो बनुँ भन्दाभन्दै पनि
कयौंपटक नराम्रो नै भएको छु
अरुभन्दा भिन्न बन्न खोज्दा खोज्दै पनि
म अरु जस्तै भएको छु
जिन्दगी ठ्याक्कै कुन ठाउँमा आएर अल्झिएको छ
अत्तोपत्तो छैन
न अघि बढ्न नै सक्छु
न यहीँ रोकिन नै
म एउटा जिउँदो सालिक झैँ
अडिइरहेछु
केबल अडिइरहेछु

बेजवाफ उसका यादहरुलाई
शब्दले नपुगेर आँसुले जवाफ दिँदै छु
म तिमी जस्तो कहिले हुन जानिन
म तिम्रो जस्तो कहिले रुन जानिन

20